कस्तो रहला आजको मौसम ?

काठमाडौं । प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा आज मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्यङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस