मंगलबार (आज) पनि शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १८ दशमलव ०७ अंकले बढेको बजार आज पनि १६ दशमलव ०४ अंकले बढेर २ हजार ६५० दशमलव ७० विन्दुमा पुगेको हो ।
मंगलबार २३५ वटा धितोपत्रको ५३ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार १३ वटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेको छ ।
मंगलबार इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा प्रभ् इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
तपाईंको प्रतिकृया




