म्यादी प्रहरीका लागि दुई लाख ८९ हजार आवेदन

काठमाडाैँ । स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झन्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् ।

शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । भर्नामा निकै उत्साहजनक रूपमा देशैभरि दरखास्त परेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । हरेक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । दरखास्त दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ । १५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने एसएसपी केसीले जानकारी दिए ।

शारीरिक तन्दुरुस्ती र अन्तर्वार्तामार्फत छनोट हुनेछ । २८ गतेदेखि प्रशिक्षण हुनेमा उनीहरूले ४० दिनको तबल-भत्ता पाउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री