नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ। शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो ।
बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन्। आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायतका विषयमा ब्रिफिङ गरेका छन्।
शुक्रबारको बैठकमा प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् ।
तपाईंको प्रतिकृया




