Tag Archives: mainnews

विगतका त्रुटि र कमजोरी सच्याउँदै अघि बढ्छाैं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए। विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए। बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा …

पुरा पढ्नुहॊस »

देशभर ३३ जनामा काेराेना संक्रमण पुष्टि, ८९ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ५९ नमूना परीक्षण गर्दा ३३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६० हजार ७२ रहेको छ।

पुरा पढ्नुहॊस »

नेप्सेको ओरालो यात्रा आज पनि, १४ दशमलव ८८ अंकले घट्याे

आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २ हजार ४९८ दशमलव ५३ विन्दुमा झरेको हो। सोमबार २२६ वटा धितोपत्रको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी …

पुरा पढ्नुहॊस »

एमाले कुनै पनि गठबन्धनको पक्षमा छैन : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।” स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए। उनले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारे। उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन …

पुरा पढ्नुहॊस »

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द, पत्र बुझ्न नमानेपछि सार्वजनिक सूचना

काठमाडौं । तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको छ । परिषद्ले श्री होटल आनन्द प्रा.लि. सो प्रा.लि.का सञ्चालक आनन्द बतास तथा सो प्रा.लि. का …

पुरा पढ्नुहॊस »

७४ लाख १५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए । ‘मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ,’ उनले भने, …

पुरा पढ्नुहॊस »

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

काठमाडाैँ । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।-बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । अहिले प्रदेश नम्बर-१ मा आंशिकदेखि सामान्य बदली छ । देशका अरू भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए। भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए। मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए। देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौतासमेत भएको छ।

पुरा पढ्नुहॊस »

आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा

आजदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ। यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ। सूचीमा जनाइए अनुसार अब एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको सूचीमा जनाइएको छ । मन्त्रालयले अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट …

पुरा पढ्नुहॊस »