निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए। वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताए।

अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताए।

अहिलेको गठबन्धन कडा र नरम नभएको भन्दै उनले तालमेलको विषयमा प्रारम्भिक छलफलहरु भइरहेको बताए। वरिष्ठ नेता पौडेलले अहिले नै कसले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्ने बताए।

फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनुपर्ने अवस्था नरहेको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अछामका एक युवाले लगाए आफ्नै श्रीमतीको यौनीमा ताला

काठमाडौं । आफ्नै श्रीमानले श्रीमतीको यौनीमा ताला लगाएको सुन्दा अच्चम लाग्न सक्छ । तर, अछामका …

प्रतिकृया दिनुहॊस

This will auto close after