राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन्।
राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए।
विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए।
बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएकोसमेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए। धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्वतर्फ जानेमा समेत थापाको चिन्ता थियो।
प्रतिकृया दिनुहॊस