नेप्सेको ओरालो यात्रा आज पनि, १४ दशमलव ८८ अंकले घट्याे

आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २ हजार ४९८ दशमलव ५३ विन्दुमा झरेको हो।

सोमबार २२६ वटा धितोपत्रको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको १ दशमवल ३४ प्रतिशतले घटेको हो।

सोमबार पनि ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्।

कारोबार रकमको आधारमा इमर्जिङ नेपालको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री