आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा

आजदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ।

यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ। सूचीमा जनाइए अनुसार अब एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको सूचीमा जनाइएको छ ।

मन्त्रालयले अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री