इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण छः संचारमन्त्री कार्की

नेपाल प्रेस युनियनकाे केन्द्रीय कार्यालयमा प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री सिग्देलको अध्यक्षता तथा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रेस युनियनको आयाेजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा फाेनिज, सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारी र सरकारी सञ्चार माध्यममा नियुक्त भएका ब्यक्तिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण रहेकाे बताए । उनले देशमा भएका सबैखालका राजनीतिक परिवर्तनमा पत्रकारहरूले खेलेकाे भूमिकाकाे प्रशंसा गर्दै इतिहासले यसकाे उच्च मूल्यांकन गर्ने बताए ।

समाज रूपान्तरणमा पत्रकारहरू सधैं सक्रिय रहनु पर्ने उनकाे भनाइ छ । देशमा विद्यमान गरिबी र बेराेजगारी अन्त्यका लागि पनि पत्रकारहरूले थप सक्रियता देखाउनु पर्ने मन्त्री कार्कीकाे जाेड थियाे ।

यसका लागि सरकारले सकेकाे सहयाेग गर्ने पनि उनले बताए । उनले फाेनिज, सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारीलाई हार्दिक वधाई तथा शुभकामना पनि दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस