देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन्।

पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन्।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पाल्पामा टिपरले हान्दा बाइक चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका …

प्रतिकृया दिनुहॊस