दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाेडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङले पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई आज बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि …
पुरा पढ्नुहॊस »नेकपा बहुमतको स्पष्टीकरण- ‘चुनाव बहिष्कार गर्ने नीति छैन’
काठमाडौँ । नवगठित नेकपा (बहुमत)ले चुनाव बहिष्कार गर्ने नीति नरहेको स्पष्टीकरण दिएको छ । संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले नियन्त्रणमा दिएपछि विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो । कुनै पनि विस्फोटन जन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको सो पार्टीले स्पष्ट पारेको छ । ‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार …
पुरा पढ्नुहॊस »स्थानीय निर्वाचन : एक सातायता पाँच लाखले छाडे काठमाडौं
काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिन आज पनि काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रमा विहानैदेखि यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको घुइँचो बढेको छ । हिजो एकै दिन ८३ हजार ६६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर-जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, …
पुरा पढ्नुहॊस »मतदान केन्द्रमा मोबाइल लिन नपाइने, अन्य के-के कुरामा निषेध ?
काठमाडौँ । वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।आयो गले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका व्यक्तिमात्र मतदानस्थलमा जान पाउने निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा …
पुरा पढ्नुहॊस »नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ
काठमाडौँ । नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाने क्रममा बाँस्तोलासहितको टोलीलाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो । प्रहरीले बाँस्तोलासहितको टोलीलाई नियन्त्रणमा लिएर भालुवाङमै राखेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । केही दिन अगाडि मात्र बाँस्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन् । बास्तोला उक्त पार्टीको संयोजक हुन् । बाँस्तोला नेतृत्वले पार्टीले निर्वाचन …
पुरा पढ्नुहॊस »बुटवलमा बम विष्फोट
काठमाडाैँ । बुटवलमा बुधबार साँझ बम विष्फोट भएको छ । बुटवलको मिलनचोकस्थित सनराइज बैंक अगाडि बम विष्फोट भएको हो । विष्फोट भएको ठाउँमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले विष्फोटको आवाज सुनेको खबर गरेपछि आफूहरु तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । उनले आकाशे पुलमुनि पर्चाहरु भेटिएको जानकारी दिंदै अन्य केही क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए …
पुरा पढ्नुहॊस »पाँच प्रदेशमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना
काठमाडौं । देशका पाँच प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश-१ र मधेस प्रदेशमा सामान्य बदली रहने छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कर्णाली र सुदूररपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »मतदान केन्द्रभित्र के लैजान पाइन्छ, के पाइँदैन ?
वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ। मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका व्यक्ति मात्र मतदानस्थलमा जान पाउने निर्वाचन आयोगले जनाएको छ। मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन …
पुरा पढ्नुहॊस »मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने
वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको हो। ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र …
पुरा पढ्नुहॊस »७.२८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, चालु खाता र शोधनान्तर घाटामा पनि वृद्धि
चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति (मूल्यवृद्धि), चालु खाता र शोधनान्तर घाटा बढेको छ। नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७.२८ प्रतिशत रहेको उल्लेख छ। सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत थियो । समीक्षा अवधिमा चालु …
पुरा पढ्नुहॊस »