काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहिताको दफा ३६ का विषयमा अन्तरिम आदेश दिने वा नदिने टुंग्याउन दुवै पक्षलाई छलफलमा डाकेको छ । जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चले दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै दुवै पक्षलाई बोलाएको हो । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत ७ चैतमा निर्वाचन आयोगको जनप्रतिनिधिले …
पुरा पढ्नुहॊस »नयाँ वर्ष २०७९ को शुभारम्भ
काठमाडौँ । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् । ‘विक्रम …
पुरा पढ्नुहॊस »कांग्रेसले उम्मेदवार टुंगो लगाउन सात प्रदेशमा सात सहमहामन्त्री खटाउँदै
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो। उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ। …
पुरा पढ्नुहॊस »अर्थहीन परिवर्तनले जनतालाई सन्तुष्ट पार्न सकेको छैन : पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गरेका छन्। नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गरेका हुन् । वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उनको तर्क छ। भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने पूर्वराजाले धारण व्यक्त गरेका छन् । नेपालीको घर–घरमा …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त
काठमाडाै । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले न्याैपानेलाइ बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । हाल उनी सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्याैपाने बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । बैंक …
पुरा पढ्नुहॊस »ओखलढुंगामा जीप दुर्घटना, तीन प्रहरीकाे मृत्यु
ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटनामा परेकाे थियाे। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा१७च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरी कर्मचारीको मृत्यु भएको हो। बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपन विष्टको उपचारको …
पुरा पढ्नुहॊस »वर्षको अन्तिम दिन सेयर बजारमा हरियाली, ३० दशमलब २४ अङ्कले बढ्याे नेप्से
वर्ष २०७८ काे अन्तिम कारोबार दिन बुधबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ। हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन बुधबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ। यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्तामा यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ। बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा …
पुरा पढ्नुहॊस »उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने
दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने जनाइएको छ। तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौँ उपत्यकाबाट फोहर व्यवस्थापनका लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखि रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। स्थानीय र ठेकेदार कम्पनीबीच सडक …
पुरा पढ्नुहॊस »राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्। उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत …
पुरा पढ्नुहॊस »एकीकृत समाजवादीका जनप्रतिनिधिलाई पहिलेकै ठाउँ दिने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तो छ मोडालिटी महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने। …
पुरा पढ्नुहॊस »