आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने, काठमाडौँ आइपुग्न १५ दिन लाग्ने

काठमाडौँ । मेलम्चीको खानेपानी आयोजनाबाट आजदेखि पुनः काठमाडौँ उपत्यकामा पानी पठाइने भएको छ । बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलेर सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो ।

आज अम्बाथानबाट सुरुङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङले बताए । उनकाअनुसार काठमाडौँमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।

सुन्दरी जलमा ट्रिटमेन्ट भएर काठमाडौँका धारामा आइपुग्नेछ । ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौँ आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउँछौँ । एकैपटक खोलो हाल्ने होइन,’ इन्जिनियर कुँवरले भने, ‘सुन्दरीजलसम्म पानी पुगेपछि पुनः मेलम्चीमै पानी फिर्ता आउँछ । सुरुङमा पानी बढी भयो भने १० देखि १२ दिनभित्रै पानी पुग्छ । तर बाटोमा केही पानी लिकेज भयो भने १५ दिनको ठाउँमा १६ दिनपनि लाग्नसक्छ ।’

यसैबीच आयोजनाको उद्घाटनमा प्रधान मन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । यसअघि प्रधान मन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी आज मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो । निर्वाचन आचारसंहिताका कारण प्रधान मन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

उद्घाटनमा खानेपानी मन्त्री उमाकान्त चौधरी जाने कार्यक्रम भने यथावत् छ । अम्बाथान पुग्नुअघि प्रधान मन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो । त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो ।

भट्टराईको प्रधान मन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौँ ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरी जलमा उनको सालिक बनाउने भएको हो । त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिवलगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस