Tag Archives: mainnews

कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबु महर्जन उम्मेदवार

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो । तर सोमबार भने कांग्रेसले चिरिबाबुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न नेता, कार्यकर्तालाई निर्देशन

सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए । मन्त्री कार्कीले …

पुरा पढ्नुहॊस »

कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला

काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नागेश नेता डा. शेखर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङ उपसभापति हुन् । कांग्रेसले काठमाडौँ महानगरमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई टिकट दिएको छ ।  ललितपुर महानगरमा भने अहिलेसम्म को उठाउने भन्ने निर्णय भएको छैन । ललितपुरमा चिरीबाबु महर्जनलाई नै टिकट दिने तयारी छ । आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर-उपमेयरबारे निर्णय लिने अधिकार सभापति …

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचन : ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । यहि बैसाख ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ …

पुरा पढ्नुहॊस »

सिट बाँडफाँटको अन्तिम निर्णय लिन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिने छ । विशेष गरी पालिकाहरूमा पद भागबण्डासम्बन्धी निर्णय लिइनेछ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबण्डासम्बन्धी अन्तिम …

पुरा पढ्नुहॊस »

धादिङमा बस र कार जुध्दा पाँच जनाको गयो ज्यान

काठमाडाैँ । धादिङमा बस र कार जुध्दा पाँच जनाको ज्यान गएको छ । काठमाडौंबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं आउँदै गरेको वागमती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका-७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल …

पुरा पढ्नुहॊस »

यी हुन् नेकपा एसबाट महानगर र उपमहानगर (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले सत्ता गठबन्धनमा भएको भागबन्डामा आफ्नो भागमा परेको एक महानगर र ५ उपमहानगरका उम्मेदवारको टुङ्ग्याएको हो । भागबन्डामा नेकपा एसले पोखरा महानगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिकाको उपमेयर, हेटौँडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको थियो । सोही स्थानका लागि समाजवादीले पार्टीबाट उम्मेदवार तय गरेको हो । हेर्नुहोस् सूची :-

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले के के निर्णय गर्याे ?

आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय कांग्रेसले गरेको छ। त्यस्तै वैशाख …

पुरा पढ्नुहॊस »

शेयर बजार : ९५ दशमलव ४६ अंकले बढ्यो नेप्से

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४२० दशमलव ९१ विन्दुमा पुगेको हो । आइतबार २३८ वटा धितोपत्रको ६६ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५३ करोड १२ …

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको हो । पूर्णपाठ पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेला । Congress

पुरा पढ्नुहॊस »