सिट बाँडफाँटको अन्तिम निर्णय लिन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिने छ । विशेष गरी पालिकाहरूमा पद भागबण्डासम्बन्धी निर्णय लिइनेछ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबण्डासम्बन्धी अन्तिम निर्णय हुनेछ ।

विवाद देखिएका र स्थानीयस्तरमा मिल्न बाँकी पालिकाका विषयमा पनि निर्णय लिइने जनाइएको छ । यसअघि, आइतबार साँझ पनि बालुवाटारमा गठबन्धनका नेताको बैठक बसेको थियो । पाँच दल बाहिर चुनावी तालमेल नगर्नेलगायत निर्णय गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस