देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो …
पुरा पढ्नुहॊस »आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन हुने, शनिबार चुनाव चिह्न वितरण
स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो। प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने …
पुरा पढ्नुहॊस »३५ हजार २२१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। यो सङ्ख्या मंगलबार राति ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन …
पुरा पढ्नुहॊस »एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन्। कांग्रेसको केन्द्रीय कार्यालयमा मङ्गलबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उनले भने, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ। सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन्।” प्रवक्ता डा महतले एमालेले आचारसंहिताको …
पुरा पढ्नुहॊस »काठमाडौँ महानगरलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : सिर्जना सिंह
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छिन्। नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् । “कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उनले भनिन्। कांग्रेस केन्द्रीय …
पुरा पढ्नुहॊस »यस वर्ष हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति
यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन्। विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३८ आरोही समूहका …
पुरा पढ्नुहॊस »‘लु’ बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ। गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लु बाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको हाे। बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, …
पुरा पढ्नुहॊस »दाइजोको निहुँमा सप्तरीमा परिवारकै सदस्यबाट महिलामाथि कुटपिट
सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मीनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन्। ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्। कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोटपटक लागेको पीडितको भनाइ छ । आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरि अचेत बनाएको पीडित लक्ष्मीनियाँले बताइन्। ‘मलाई राति नै …
पुरा पढ्नुहॊस »शेयर बजार गिरावट कायमै, १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से
मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार ३४ दशमलव ९५ अंकले घटेको बजार आज १५ दशमलव शून्य २ अंकले घटेर २ हजार ३७० दशमलव ९९ विन्दुमा झरेको हो । मंगलबार २२८ वटा धितोपत्रको ३४ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार १३ वटा …
पुरा पढ्नुहॊस »देशभर मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या १ लाख ४४ हजार नाघ्यो
निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ। आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । सर्वाधिक मधेश प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ। त्यसपछि बाग्मती प्रदेशमा …
पुरा पढ्नुहॊस »