कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला

काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नागेश नेता डा. शेखर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङ उपसभापति हुन् ।

कांग्रेसले काठमाडौँ महानगरमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई टिकट दिएको छ ।  ललितपुर महानगरमा भने अहिलेसम्म को उठाउने भन्ने निर्णय भएको छैन । ललितपुरमा चिरीबाबु महर्जनलाई नै टिकट दिने तयारी छ ।

आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर-उपमेयरबारे निर्णय लिने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री