काठमाडाैँ । निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।
पुरा पढ्नुहॊस »उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिँदै
काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ । हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिन्ह प्रदान गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उम्मेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो …
पुरा पढ्नुहॊस »मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन
काठमाडाैँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा …
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचन : ९३ प्रतिशत मतपत्र छपाइ सकियो
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ। मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको …
पुरा पढ्नुहॊस »असिनाले बालीनालीमा क्षति, किसान चिन्तित
वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ। बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐंसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलभेंडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो । पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ। मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ। असिनाले मकै पात र …
पुरा पढ्नुहॊस »मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्नै पर्ने
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा …
पुरा पढ्नुहॊस »हेटौँडामा बर्डफ्लू भेटियो, ३ हजार ४५३ कुखुरा नष्ट
हेटाैंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटाैंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको …
पुरा पढ्नुहॊस »‘उम्मेदवारलाई दबाबमा मनोनयन फिर्ता गराउन धम्की नदेउ’ : आयोग
निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो । ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून …
पुरा पढ्नुहॊस »दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीकाे मिलेमताेमा तस्कर हुन लागेकाे अवैध सुनसहित पाँच जना पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी …
पुरा पढ्नुहॊस »पाँच दलीय गठबन्धनकाे निर्णयः एमालेसँग भएको तालमेल अमान्य
पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ। गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो। तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो। गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन्। प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा …
पुरा पढ्नुहॊस »