दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीकाे मिलेमताेमा तस्कर हुन लागेकाे अवैध सुनसहित पाँच जना पक्राउ परेका छन्।

दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो छन् ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार …

प्रतिकृया दिनुहॊस