Tag Archives: mainnews

‘श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ ’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए । श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका …

पुरा पढ्नुहॊस »

आठ हजारभन्दा बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजारभन्दा बढीले फिर्ता लिएका हुन् । उम्मेदवारी कायम रहेकाहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

पुरा पढ्नुहॊस »

सातै प्रदेशमा वर्षाको सम्भावना, मंगलबारदेखि मौसम खुल्ने

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदे बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक …

पुरा पढ्नुहॊस »

आठ हजार उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्। उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएकाे छ । हिजो (शुक्रबार) स्थानीय तह …

पुरा पढ्नुहॊस »

भ्रष्टाचारमुक्त महानगर बनाउँछु : सिर्जना सिंह

सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शनिबार नेपाली कांग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन् । उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मतरुपमा मेयरको उम्मेदवार बनाएको …

पुरा पढ्नुहॊस »

गोकुल बाँस्कोटाले धोका दिएको भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्टी जनाउँदै मेयर बादेले शनिबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् । मेयर बादेले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरेका छन् । तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको समेत उनले बताए । एमाले पोलिटब्युरो सदस्य तथा काभ्रेका इन्चार्जसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले बताए । …

पुरा पढ्नुहॊस »

५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार २१४ नमूना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २३० जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७४ हजार ६४६ रहेको छ ।

पुरा पढ्नुहॊस »

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेका छन्ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन्। उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताए । वरिष्ठ …

पुरा पढ्नुहॊस »

चितवनमा गठबन्धनविरूद्ध उठेका जगन्नाथ पौडेलले पाए ‘भुइँकटहर’ चुनाव चिह्न

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेल लगायतका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। कांग्रेसले मेयरका उम्मेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ। भरतपुरको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएकामा शुक्रबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले …

पुरा पढ्नुहॊस »

केशव स्थापितलाई कारवाही गर्न ४५ अघिकारवादी संघसंस्थाको माग (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँका मेयरका उम्मेदवार केशव स्थापितलाइए कारबाही गर्न विभिन्न ४५ अधिकारवादी संघसंस्थाले माग गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै उनीहरूले कारबाहीको माग गरेको हुन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्था संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरे । ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन’, ‘यो बहिनीले …

पुरा पढ्नुहॊस »