Tag Archives: mainnews

विद्रोहीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने काँग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् । तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए …

पुरा पढ्नुहॊस »

‘मत दिन चाहन्न’ लागू गर्न सर्वोच्चमा मुद्दा

काठमाडाैँ । सर्वोच्च अदालतमा निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले बिहीबार दर्ता गरेको उक्त अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पनि कार्यान्वयनमा नआएको उल्लेख छ । मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र प्रमुख …

पुरा पढ्नुहॊस »

आज उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे

काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी हिजो साँझ उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । आज उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका …

पुरा पढ्नुहॊस »

‘हेर्दाहेर्दै’मा रहेको गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो । तर बिहीबार पनि नभ्याइएकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । गभर्नर अधिकारीले बिना जानकारी र बिना …

पुरा पढ्नुहॊस »

गभर्नर अधिकारीको मुद्दा ‘हेर्दाहेर्दै’मा, शुक्रबार सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण आजका लागि तय भएको थियो । आज पनि नभ्याइएकाले भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ। आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ।

पुरा पढ्नुहॊस »

यस्ता छन् काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले अघि सारेका सात संकल्प

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन्। उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुन्नत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित …

पुरा पढ्नुहॊस »

उम्मेदवारको मुख नहेर्नुस्, रुखलाई हेरेर मतदान गर्नुस् : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत …

पुरा पढ्नुहॊस »

बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता-कार्यकर्तालाई अपील गरेका छन् । बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन् । संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले अपिलमा बताएका छन् । उनले भनेका छन्, ‘देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका …

पुरा पढ्नुहॊस »

३५ हजार पदका लागि एक लाख ५२ हजार बढी उम्मेदवार, कुन दलबाट कति ? (सूचीसहित)

काठमाडौं । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर एक लाख ५२ हजार ४५५ जनाले उम्मेदवारी दिएका छन् । देशभरका पालिकाका ३५ हजार २२१ पदका लागि यही वैशाख ३० गते हुने निर्वाचन हुँदैछ । निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझ ५ बजेसम्म प्रविष्ट विवरणअनुसार पालिका प्रमुखमा ३,४९४ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा २,० ५६ उम्मेदवार छन् । यस्तै अध्यक्षमा ३,३८७ तथा उपाध्यक्षमा २ हजार एक जनाले उम्मेदवारी …

पुरा पढ्नुहॊस »