उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिन्ह प्रदान गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उम्मेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि शुरु हुनअघिसम्म प्रचारप्रसार गर्न पाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस