Tag Archives: mainnews

सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई आयोगले कडा कारबाही गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएकाे छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए । निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : सत्र जिल्लामा मतपत्र ढुवानी हुन बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइनेछ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ। बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, …

पुरा पढ्नुहॊस »

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरि प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन्। उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ । स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ …

पुरा पढ्नुहॊस »

गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउँछ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउने दाबी गरे। गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ। २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य …

पुरा पढ्नुहॊस »

२० जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २२२ नमूना परीक्षण गर्दा २० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९५ हजार …

पुरा पढ्नुहॊस »

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो। डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएकाे हाे। वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएको हो। गृह मन्त्रायले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त …

पुरा पढ्नुहॊस »

आईजीपी शैलेश थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवाहदका कारण आइतबारदेखि उनीहरूले अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ। अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप)हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, …

पुरा पढ्नुहॊस »

ओलीकाे दाबी, ‘मजदुर आन्दोलनको विरासत एमालेसँग छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका छन्। १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् । ‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले)सँग छ,’ आफ्नो शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिएका छन् । गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट एक …

पुरा पढ्नुहॊस »

चुनावको बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चुनावको वेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ । आईस्पानले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारका कारण अर्को सातादेखि इन्टरनेट सेवा बन्द हुने स्थिति आएको चेतावनी दिएको हाे । टाटा, एअरटेल र सिफीलाई ब्यान्डविथ खरीद बापतको भुक्तानीका लागि सरकारले विदेशी मुद्रा सिफारिश नगरेकाले बन्द हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ । आईस्पानले भनेको छ, ‘गत ६ महीनादेखि भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »