ओलीकाे दाबी, ‘मजदुर आन्दोलनको विरासत एमालेसँग छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका छन्। १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् ।

‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले)सँग छ,’ आफ्नो शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरवशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एसियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक सशक्त पहिलो ट्रेड युनियन महासंघ हो ।’

एमाले नेतृत्वको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको ओलीले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after