Tag Archives: mainnews

स्थानीय तह निर्वाचनमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ। सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका हुन् । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उनले जानकारी दिए । आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले …

पुरा पढ्नुहॊस »

४८ दशमलव ७३ अङ्कले घट्याे नेप्से

साेमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ। सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २२६ वटा धिताेपत्रका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै अरूण भ्यालीकाे ४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच …

पुरा पढ्नुहॊस »

मेयर उम्मेदवार केशव स्थापितलाई आयोगले सोध्यो चौबिस घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरि महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ। चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने । केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमण दर थालेको छ, सतर्कता अपनाउनु : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्णरुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने …

पुरा पढ्नुहॊस »

‘विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?’: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन्। ‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफैं प्रश्न गर्दै आफैं जवाफ दिएका छन्, ‘छैन ।’ एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उनले लगाएका छन् । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा …

पुरा पढ्नुहॊस »

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (विवरणसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले गर्न पाउने खर्च सीमा तोकेको छ । आयोगले उम्मेदवारको पदअनुसार बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो । महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाध्यक्ष र सदस्यहरूले ३ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् । वडाध्यक्ष, वडा सदस्य, महिला, दलित वा अल्पसङ्ख्यक सदस्यले ३ लाख रुपैयाँभित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जारी गरेको सूचनामा …

पुरा पढ्नुहॊस »

६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ६१ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले बताएको हो । बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ । सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । अहिलेसम्म ६१ …

पुरा पढ्नुहॊस »

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ । आइतबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ । विगतमा डिजेटल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजलको लागत बढी भएको छ …

पुरा पढ्नुहॊस »

बिग्रियो मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, …

पुरा पढ्नुहॊस »

राजनीतिलाई पेसा व्यवसाय बनाउन हुँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्। राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे। भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प आवश्यक रहेको उल्लेख गरे। भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै …

पुरा पढ्नुहॊस »