Tag Archives: mainnews

पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउन देउवाको आग्रह

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन्। शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए। गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन्। देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे। उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, …

पुरा पढ्नुहॊस »

‘केपी ओलीले संविधान संशोधन गर्न दिएनन्’ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको चाहनाअनुसार संविधान संशाेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन्। दोस्रोपटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको उनकाे आरोप थियाे । प्रचण्डले मधेशका जनताको हक अधिकारको निम्ति र मधेशको विकाससँगै समृद्धि तथा विकासका लागि पाँचदलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, …

पुरा पढ्नुहॊस »

चितवनकाे अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्मका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

पूर्वीचितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ। ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो। खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो। परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ। फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा …

पुरा पढ्नुहॊस »

मतदानको दिन सार्वजनिक सवारी नचल्ने, क-कसले प्रयोग गर्न पाउँछन् गाडी ? (सूचीसहित)

काठमाडौँ । मतदानको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ । मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, …

पुरा पढ्नुहॊस »

चोरेर अमेरिका पुर्‍याइएको नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाल ल्याइँदै

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक …

पुरा पढ्नुहॊस »

चुनावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द नहुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्थानीय चुनावका बेला हवाई सेवा बन्द नहुने भएको छ । काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरकाअनुसार शुरक्षा निकायसँग शुक्रबार भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको हो । स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द नहुने उनको भनाई छ । काठमाडौं लगायत देशभरका विमानस्थलमा दैनिक ३ सय हाराहारी आन्तरिक र ५० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।

पुरा पढ्नुहॊस »

उम्मेदवारको निर्वाचन खर्चबारे आयोगको ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुने, दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको …

पुरा पढ्नुहॊस »

२० करोडको छाता नेपाल भित्रियो, कुन-कुन देशबाट आउँछ छाता ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको …

पुरा पढ्नुहॊस »

सञ्चार माध्यममार्फत आचारसंहिता उल्लङ्घन गरे हुलाकमा उजुरी दिन सकिने

खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लङ्घन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको हो। निर्वाचन आचारसंहिता, २०७८, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ …

पुरा पढ्नुहॊस »

गठबन्धनका उम्मेदवारलाई जिताउने काममा लाग्नुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए। काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे। ‘काठमाडौंमा सिर्जना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेनु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने । …

पुरा पढ्नुहॊस »