‘केपी ओलीले संविधान संशोधन गर्न दिएनन्’ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको चाहनाअनुसार संविधान संशाेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन्।

दोस्रोपटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको उनकाे आरोप थियाे ।

प्रचण्डले मधेशका जनताको हक अधिकारको निम्ति र मधेशको विकाससँगै समृद्धि तथा विकासका लागि पाँचदलीय गठबन्धन बनाएको प्रष्ट पारे ।

उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहानालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए। गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस