काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्थानीय चुनावका बेला हवाई सेवा बन्द नहुने भएको छ । काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरकाअनुसार शुरक्षा निकायसँग शुक्रबार भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको हो ।
स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द नहुने उनको भनाई छ । काठमाडौं लगायत देशभरका विमानस्थलमा दैनिक ३ सय हाराहारी आन्तरिक र ५० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।
प्रतिकृया दिनुहॊस