२० करोडको छाता नेपाल भित्रियो, कुन-कुन देशबाट आउँछ छाता ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ ।

पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस