नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँचदलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानु पर्ने बताए। गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ।” उनले गठनबन्धनले ६ महानगरमध्ये तीन वटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए।महानगर मात्र नभई …
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचनमा कुन उमेर समूहका उम्मेदवार कति ?
आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ। निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ। सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन्। २१ देखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरि कुल ३५ हजार २५८ उम्मेदवार छन्। यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका …
पुरा पढ्नुहॊस »निर्वाचनको दिन कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो। निर्वाचन सम्पन्न गर्न मतदानस्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ। निर्वाचन अघि …
पुरा पढ्नुहॊस »निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग
सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा …
पुरा पढ्नुहॊस »तीन गाउँपालिका अध्यक्षसहित ३९० जना निर्विरोध : एमाले पहिलो, नेकपा एस चौथोमा (सूचीसहित)
काठमाडौँ । स्थानीय तह निर्वाचन-२०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३९० जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । तर गएको ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले तीन अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेको छ । पालिका चुनावका लागि कुल एक लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगका अनुसार एमालेका १३८, …
पुरा पढ्नुहॊस »ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट
काठमाडौँ । अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा सार्वजनिक गरेको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।
पुरा पढ्नुहॊस »२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले तोडे आफ्नै रेकर्ड
काठमाडौँ । आरोही कामीरिता शेर्पाले २६औँ पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । कामीरिता ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको हाे । कामीरितासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको छ । कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान …
पुरा पढ्नुहॊस »मतदान अधिकृतले मतपत्रमा सिसाकलम प्रयाेग गर्न नपाइने
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ। आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।
पुरा पढ्नुहॊस »सदन खुल्नासाथै नागरिकता विधेयक पास गर्छौं : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन्। पाँचदलीय गठबन्धनद्वारा जनकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संशाेधनको पक्षमा आफू पनि रहेको बताए। उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।
पुरा पढ्नुहॊस »१४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ हजार ६५६ रहेको छ।
पुरा पढ्नुहॊस »