पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउन देउवाको आग्रह

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन्।

शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए। गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन्।

देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे।

उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो। अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍याे तर चल्न दिएको छैन ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार …

प्रतिकृया दिनुहॊस