सञ्चार माध्यममार्फत आचारसंहिता उल्लङ्घन गरे हुलाकमा उजुरी दिन सकिने

खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लङ्घन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको हो।

निर्वाचन आचारसंहिता, २०७८, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ बमोजिम निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा हुलाक कार्यालयमा उजुरी दिन सकिने जनाइएको छ। आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी पोष्ट अफिस खोटाङ एटदरेट जिमेल डटकममा पठाउन सकिने जिल्ला हुलाक कार्यालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री