काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धन बाहिरका दलहरूसँग पनि सहकार्यका लागि पहल अघि बढाउने भएको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकपछि बोल्दै उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन् । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग भने संवाद र एकताका लागि शर्तहरु अघि सारेको छ । केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद शुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा …
पुरा पढ्नुहॊस »देउवालाई एकीकृत समाजवादीले भन्यो- ‘अब पर्खिन्नौं, तत्काल मन्त्रीको शपथ गराऊ’
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना नयाँ मन्त्रीहरूलाई शपथ नगराएमा पार्टीको अपमान भएको सम्झिने जनाएको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको निर्णय अनुसार मन्त्री फेर्ने निर्णय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल कार्यान्वयन गर्नु पर्ने भने त्यसो नभएमा पार्टीको अपमान भएको मानिने बताएका हुन् । उनले आफूहरूले लामो समयसम्म पर्खिएको बताउँदै प्रधानमन्त्री देउवा र गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले सो निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । प्रवक्ता खतिवडाले …
पुरा पढ्नुहॊस »भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने तयारी
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज शनिबार काठमाडौँ आइपुगेका छन् । काठमाडौँ आइपुगेका राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । राष्ट्रपतिसमक्ष प्रमाणपत्र बुझाइसकेपछि उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका नवनियुक्त राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् । यसअघि उनी भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनका प्रमुख समेत रहिसकेका …
पुरा पढ्नुहॊस »पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेल मट्टीतेलमा २९ रुपैया घटाइएको छ । डिजेल-मट्टीतेल १९२ बाट १६३ रुपैयाँ कायम गरिएको छ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ …
पुरा पढ्नुहॊस »कांग्रेस कम्युनिस्टहरूको मित्र पार्टी हो : वामदेव गौतम
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाली कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी नभएको बताएका छन् । शनिबार नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो भेलालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । कांग्रेस र कम्युनिस्ट मिलेर गरेका आन्दोलन मात्र सफल भएको उनको भनाई छ । ‘नेपालमा कांग्रेसले एक्लै नेतृत्व गरेका आन्दोलन पनि सफल भएका छैनन्, कम्युनिस्ट एक्लैले गरेका आन्दोलन पनि सफल भएका छैनन् । दुईटा मिलेर गरेका …
पुरा पढ्नुहॊस »पोखराको सुइँखेत क्षेत्रमा डुबान, चारसय जनाको उद्धार
काठमाडाैँ । पोखराको सुईखेत डुबानमा परेको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । नदी थुनिएपछि सबैघर डुवानमा परेकाे उनले बताए । ‘सबै घर डुबेकाे छ । सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छाैं,’ उनले भने, ‘थुनिएकाे ठाउँमा डाेजर ल्याएर खाेला खाेल्दै छाैं । फार्महरु धेरै भएकाेले क्षति बढी छ ।’ करिब डेढसय परिवार रहेकाे र उनिहरूलाई सुरक्षित ठाउँमा राखिसकिएकाे तिमिल्सिनाले बताए …
पुरा पढ्नुहॊस »राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने चेतावनी
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । ‘अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो …
पुरा पढ्नुहॊस »अब घरबाटै मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौँ । यदि तपाईँ आफ्नो गृह जिल्लाबाहिर बस्नुहुन्छ र मतदाता नामावलीमा आफ्नो नाम छुट्ने चिन्तामा हुनुहुन्छ भने निर्वाचन आयोगले निश्चिन्त हुनुहोस् । अब मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट मात्रै हटेको छैन, अनलाइनबाटै दर्ता गराउन सकिने भएको छ । असार १ गतेदेखि मतदाता नामावली दर्ता गराउन थालेको निर्वाचन आयोगले घरबाटै विवरण भर्न सकिने व्यवस्था गरेको हो । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको …
पुरा पढ्नुहॊस »यी प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह
काठमाडौँ । नेपालका थप दुई प्रदेशमा मनसुन प्रवेश गरेको छ । अहिलेसम्म देशका ६ प्रदेशमा मनसुन प्रवेश गरिसकेको मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ । नेपालको प्रदेश-१ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । आज (शनिबार) पनि देशका विभिन्न भू-भागमा …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा, ३६ (१) (क) बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा आज मनोनयन गरेका हुन्। सभापति देउवाले पार्टीको विधानको धारा, ३६ र कांग्रेस नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई …
पुरा पढ्नुहॊस »