भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने तयारी

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज शनिबार काठमाडौँ आइपुगेका छन् । काठमाडौँ आइपुगेका राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।

राष्ट्रपतिसमक्ष प्रमाणपत्र बुझाइसकेपछि उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका नवनियुक्त राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् ।

यसअघि उनी भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनका प्रमुख समेत रहिसकेका छन् । चीनका मामिलामा उनलाई जानकारका रूपमा लिने गरिन्छ । यसअघि, पूर्व राजदूत क्वात्राले नेपालका लागि सो जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल क्वात्रा भारतका विदेश सचिव छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस