Tag Archives: mainnews

पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । पट्रोलियम पदार्थमा लगाइएको कर आधा घटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकपछि समितिले यस्तो निर्देशन दिएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेपछि यसमा सरकारले लगाएको कर हट्नु पर्ने आवाज उठिरहेका बेला समितिले यस्तो निर्देशन दिएको हो । उक्त समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियममा लाग्दै आएको कर ५० प्रतिशतले घटौती गर्नुपर्ने निष्कर्ष निकालेको …

पुरा पढ्नुहॊस »

एघार महिनामा भित्रियो ४ हजार ६५३ केजी सुन

काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो । पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० …

पुरा पढ्नुहॊस »

पुँजी बजार सुधार संघर्ष समिति र सेबोनबीच सम्झौता, कोइरालाले तोडे अनशन

काठमाडौँ । पुँजी बजार सुधार संघर्ष समिति र धितोपत्र बोर्डबीच पुँजी बजार सुधारका लागि १९ बुँदे सम्झौता भएको छ । सम्झौतापछि पुँजी बजार विस्तार तथा सुधारका लागि भन्दै विभिन्न माग राखेर आमरण अनसनमा बसेका पूर्व पत्रकार एवं सेयर लगानीकर्ता तीलक कोइरालाले अनशन तोडेका छन् । १ असारदेखि अनुसनमा बसेका कोइरालाले सम्झौतापछि शुक्रबार तनशन तोडेका हुन् । सम्झौता पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र संघर्ष समितिका कोइरालाले हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »

सेयर बजार १३ अंकले बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा केही सुधार देखिएको छ । यस दिन २ घण्टाको खुलेको बजारमा सेयर बजार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँमा ३५ लाख ४१ ह्जार ५ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यस दिन १५० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयरमूल्य घटेको …

पुरा पढ्नुहॊस »

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि (पत्रसहित)

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का १० जना सांसदहरूले मन्त्री फिर्ताकाे निर्णय नमान्ने भएका छन् । पहिलेका मन्त्रीहरू फिर्ता बाेलाएर पुन: पठाइएका मन्त्रीहरूकाे छनाेटमा असन्तुलन भएकाे भन्दै उनीहरूले पार्टीकाे निर्णयप्रति असहमति जनाएका हुन् । सांसद कृष्णलाल महर्जनले भनेका छन्, ‘६ महिनापछि मन्त्री फेर्ने भनिएकै हाे । हामीले पनि फेर्ने नै भनेकाे हाैँ । तर पछि पठाइएका मन्त्रीहरूकाे छनाेटमा कुनै सन्तुलन छैन । यसप्रति हाम्राे असहमति हाे । काेही सांसद नै …

पुरा पढ्नुहॊस »

पेट्रोलियममा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न शेखर कोइरालाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिने निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटासम्म कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् । कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘जनतालाई …

पुरा पढ्नुहॊस »

पोखरामै सफल भयाे मिर्गौला प्रत्यारोपण !

काठमाडाैँ । अब पोखराबाटै मिर्गाैलाकाे प्रत्यारोपण सम्वभ हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बसहसवार मिर्गौला प्रत्यारोपण गरेको हो । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको सहयोगमा यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूले बिहीवार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन् । करिब १ वर्षदेखिको प्रयास अहिले सफल भएको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । उनलाई आफ्नै श्रीमान्‌ले मिर्गौला दिएका हुन् । यो अस्पतालमा मात्रै दैनिक ३० भन्दा बढी …

पुरा पढ्नुहॊस »

स्थानीय तहले आज बजेट ल्याउँदै

काठमाडौँ । स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । केही स्थानीय तहहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् । १५ जेठमा …

पुरा पढ्नुहॊस »

अमेरिकी एसपीपी अस्वीकार गरेपछि चीन नेपालसँग खुसी

काठमाडौँ । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा नेपालको निर्णयको स्वागत गरेका हुन् । ‘नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ’ प्रवक्ता वाङ् वेनबिनले …

पुरा पढ्नुहॊस »

उपत्यकाका नदीमा बाढी आउनसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । गए रातिदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका बढीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गएराती उपत्यकामा धेरै वर्षा भएको छ । वर्षासँगै हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ । यी नदीसहित नालाको पानीसमेत सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ९ बजेसम्म सजक रहन आग्रह गरेको हो । नदी किनार भइ हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । …

पुरा पढ्नुहॊस »