राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक २०७९ फिर्ता गरेकी छन् । थप पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार उक्त विधेयक फिर्ता गरेकी हुन् ।

जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर दुवै सदनले राष्ट्रपतिसमक्ष पठाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री