बसले टेम्पुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडाैँ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २ -२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३-००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो ।

मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएका छन् । मृतक दुई जना पुरुषको सनाखत हुन बाँकी रहेको डिएसपी जयसवारले बताए । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस