दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ । गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा १ महिला तथा ४ पुरुष रहेका छन् । जिपमा १४ जना सवार थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस