Tag Archives: mainnews

देशैभरी मौसममा बदली : मध्यमदेखि भारी बर्षाको सम्भावना

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसमविदलेद्द बताएका छन् । अहिले देशैभरी आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ …

पुरा पढ्नुहॊस »

गोविन्द केसीले पुनः सारे ६ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी

काठमाडौं । डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरू चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफूले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । उनले विभिन्न विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदा पनि …

पुरा पढ्नुहॊस »

मेयर बालेनकाे प्रस्ताव- काठमाडौँका ३२ वटै वडामा डाक्टर र इन्जिनियर राखाैँ

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका ३२ वटै वडामा एमडीजीपी डाक्टर, नर्स र इन्जिनियर राख्ने प्रस्ताव अघि सारेका छन् । काठमाडाैँ महानगरपालिका नगर कार्यपालिकाकाे आठाैँ बैठकमा मेयर शाहले महानगरका ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनकाे प्रस्ताव गर्दै त्यसका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने बताएका छन् । मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी …

पुरा पढ्नुहॊस »

सहकारीमा बिग मर्जर : ५ सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौँमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड आपसमा मर्ज हुने सम्झौता गरेका हुन् । मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब …

पुरा पढ्नुहॊस »

अनधिकृत संरचना हटाउने अभियानमा मेरो पूरा साथ छ : उपमेयर डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचना हटाउने अभियानमा पूर्ण साथ रहेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो पूरा साथ रहेको बताएकी हुन् । महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको उनको भनाई छ । ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला …

पुरा पढ्नुहॊस »

मेयर बालेनले भने- ‘अब मिचाहा वर्गलाई मोटाई रहन दिने छैनौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने बताएका छन् । मेयर शाहले बिहान प्रेस विज्ञप्ति जारी गर्दै अब कानुन मिचिरहन नदिने बताएका हुन् । महानगरले पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । ‘अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौँ ।,’ विज्ञप्तिमा भनेका छन्, ‘आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग …

पुरा पढ्नुहॊस »

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जनालाई फर्काइयो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ । यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । विमानस्थल सुरक्षा कार्यालयकाअनुसार विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकामा एक सय तीन …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धन कार्यदलको बैठक, लाग्ला सिट बाँडफाँटको टुङ्गो ?

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले …

पुरा पढ्नुहॊस »

निर्वाचन कार्यतालिका : मतदाता नामावली अद्यावधिक आजदेखि

काठमाडाैँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन …

पुरा पढ्नुहॊस »

विष्णुमतीमा बाढी, आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी/खोलामा पानीको सतह बढेको छ । विष्णुमती नदी जलाधारको जितपुर र आसपास तथा बल्खु नदी जलाधारमा भारी वर्षा मापन गरिएको हाे । अहिले विष्णुमतीमा जल सतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने आकलन छ । सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन …

पुरा पढ्नुहॊस »