जम्मा सिट १६५ : गठबन्धन दलको दाबी २२७ मा, कसले कति मागे ?

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेश गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ-आफ्नो पेस गरेका हुन् ।

देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । तर, गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेस गरेका छन् । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट दावी गरेका छन् । यस्तै जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको उनको भनाई छ ।

हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन । बिहीबार बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस