डाेजर लिएर अल्फाबिटा पुगे बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउने डाेजर सहित पुगेकाे छ । मेयर बालेन शाहकाे नेतृत्वमा गएकाे महानगरकाे टिमले अवैध संरचना भत्काउने छ ।

अल्फाबिटाको पार्किङ लटमा अवैधानिक संरचना बनाइएको भेटिएपछि भत्काउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ । बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । त्यहाँ उनको अल्फाबिटाका सञ्चालक द्विव शर्मासँग विवाद भएको थियो ।

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै सुरु गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस