काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो ।
सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाए । उनको प्रतिक्रियामा मेयर बालेन शाहले तत्कालै कमेन्ट गरे ।
बस्नेतले ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाएको ? १. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? २.हामीसँग नजिक भएर या फोटो लिएको कारण ?, पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानूनी उपचार खोज्लान् नै । तर दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं ।’
तत्कालै कमेन्ट गरेका मेयर शाहले प्रति प्रश्न गरे । आफूसँग पनि शिवाकोटीले फोटो खिचेको भन्दै उनले नियम कानून पालना सबैले गर्नुपर्ने स्पष्ट पारे । तस्वीरसहित कमेन्ट गरेका उनले अन्तिममा बस्नेतलाई नक्सा पास छ कि छैन भनेर सोध्न पनि भ्याए । उनले लेखे, ‘फोटो त मसँग पनि खिच्नुभाको छ, पहिलो कारण नै हो । नियम कानूनको पालना सबैले गर्नुपर्छ कमरेड ! बरु हजुरको घरको नक्सा पास छ कि छैन ?’
यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पोष्टमा कमेन्ट गरेपनि साम्पाङ बालेनमाथि एकोहोरो खनिएका थिए । सबै समर्थकहरुबीच पनि पक्ष विपक्षमा बहस भइरहेका छ ।
प्रतिकृया दिनुहॊस