काठमाडौं । नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो । गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । …
पुरा पढ्नुहॊस »काठमाडाैँ मलपछि आरबी कम्प्लेक्समा पनि चल्याे बालेनकाे डाेजर
काठमाडौँ । काठमाडौँ न्युरोडमा रहेको आरबी कम्प्लेक्समा काठमाडौँ महानगरले डोजर चलाएको छ । अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएको आरबी कम्प्लेक्सको अवैध संरचना महानगरले भत्काएको हो । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् । यसअघि आजै महानगरले काठमाडौँ मलमा पनि डोजर चलाएकाे थियाे । सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ …
पुरा पढ्नुहॊस »एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी
काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरु निर्यात गरेको छ । गत वर्षको सोही अवधिको …
पुरा पढ्नुहॊस »नेकपासँगको सहमति संविधानअनुसार कार्यान्वयन हुन्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको संविधानअनुसार कार्यान्वन गरिने बताएका छन् । नेपाल प्रहरीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले डेढ वर्षअघि भएको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताएका हुन् । सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपासँग २०७७ फागुन २० मा प्रतिबन्ध फुकुवा, थुनामा रहेका …
पुरा पढ्नुहॊस »सिट बाँडफाँट कार्यदलका संयोजक सिटौलालाई कोरोना
काठमाडौँ । पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलका संयोजकमा कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण भएको छ । उनी मंगलबार बसेको कार्यदलको बैठकबाट बिरामी भएको भन्दै सिटौला बाहिरिएका थिए । नेपाली कांग्रेसका नेतासमेत रहेका संयोजक सिटौला नै सङ्क्रमित भएपछि साँझ ५ बजे बस्ने भनिएको कार्यदलको बैठक प्रभावित हुने भएको छ । कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र जनार्दन शर्मा छन् । …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । ओली वर्तमान राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेको बताइएको छ । केहि दिन अघि नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले बलकोट पुगेर ओलीसँग छलफल गरेका थिए । खासगरी गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीचको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पुरा पढ्नुहॊस »नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड मात्र : प्रचण्ड
काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन् । आज चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मुल सार हो,’ प्रचण्डले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन ।’ अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि पुनः …
पुरा पढ्नुहॊस »दलीय आवद्धता त्याग्न शिक्षक-कर्मचारीलाई मेयर बालेन शाहको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । उनले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनको अपिल छ । ‘काठमाडौँ महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै …
पुरा पढ्नुहॊस »पल शाहको मुद्दाको तोकियो पेसी : तनहुँमा आज, नवलपरासीमा १६ गते
काठमाडाैँ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेसी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेसी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा …
पुरा पढ्नुहॊस »सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस
काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो । सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको थियो । मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ …
पुरा पढ्नुहॊस »