निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजको बयान सुरु भएको छ ।आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा साढे १२ बजे सिंहदरबार पुगेका थिए। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको वताएकाे छ। समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो । जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको वताएकाे छ।

बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये हालसम्म ११ वटा मात्रै प्रश्न सोधिएका छन्। बयानका क्रममा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन् । याेसँगै आफ्नै सहकर्मी न्यायाधीशहरुलाई समेत विभिन्‍न आरोप लगाएका छन्। न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको आराेप थियो। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले वताएका छन्। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको वताइएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस