काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि हटाउने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको जानकारी प्राप्त भएकाे छ ।
बेसमेन्टमा रहेको संरचना हटाउनका लागि महानगरले डोजरसँगै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएकाे भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको बताइएको छ ।
तपाईंको प्रतिकृया




