Tag Archives: mainnews

साथीको छुरा प्रहारबाट दुबईमा नेपाली युवकको मृत्यु

काठमाडाैं । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ । अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका-६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो । सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुई …

पुरा पढ्नुहॊस »

सन्दीपको समर्थनमा प्रदर्शन

काठमाडाैँ । सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले शुक्रबार वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन् । वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरे । प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, ‘सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?’ …

पुरा पढ्नुहॊस »

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो निधन …

पुरा पढ्नुहॊस »

आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई एउटा पत्र पठाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा जारी गरिएको पत्रमा महासंघले भदौ २२ गते माग पेश गरेको विषयको पत्र प्राप्त भएको उल्लेख गर्दै महासंघले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं भदौ २५ गतेदेखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको …

पुरा पढ्नुहॊस »

१४ बर्षमा भित्रियो ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स, कुन वर्ष कति ?

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो । बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब …

पुरा पढ्नुहॊस »

कांग्रेसलाई सिध्याउन गठबन्धनको विरोध हुँदैछ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीसँगको गठबन्धन देशलाई आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री देउवाले आज चितवनमा भएको कार्यक्रममा भने, ‘कांग्रेस पार्टीलाई बचाउन पनि गठबन्धन आवश्यक छ, तर यहाँ पार्टीलाई सिद्ध्याउन गठबन्धनको विरोध भइरहेको छ ।’ ‘जनताको साथमा कांग्रेस’ अभियानको प्रथम चरणको समापन एवम् बिपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्न चितवन आएका देउवाले पाँच दलीय गठबन्धनकै कारण कांग्रेस सरकारमा जान …

पुरा पढ्नुहॊस »

महारानी एलिजाबेथ द्वितीया: तस्बिरहरूमा उनको जीवन

काठमाडाैं । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् । बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनमा मिलेन सिट बाँडफाँट, उपेन्द्र र माधव असन्तुष्ट

काठमाडाैँ । ११ सदस्यीय कार्यदलले शीर्ष तहमा अपुरो प्रतिवेदन बुझाएपछि समेत शीर्षतहबाट पनि सहमति प्रयास जारी थियो । स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलको बैठकमा सिट संख्या विषयमा सबैभन्दा बढी समस्या नेकपा एकीकृत समाजवादी र जसपालाई बुझाउन भएको छ ।

पुरा पढ्नुहॊस »

निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपित श्रेष्ठ उच्च अदालतमा हाजिर

काठमाडाैँ । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो । निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग …

पुरा पढ्नुहॊस »

स्वदेश फर्किँदै सन्दीप : भने- ‘म निर्दोष छु, कानुनप्रति पूर्ण भरोसा छ’

काठमाडौँ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलात्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् । सामाजिक सञ्जालमार्फत आफू स्वदेश फर्किन लागेको जानकारी दिएका हुन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै उनले नेपालको कानुनप्रति भरोसा रहेको बताए । ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णतः विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केही दिनमा आफ्नो देश फर्कनेछु,’ …

पुरा पढ्नुहॊस »