Tag Archives: mainnews

थप १३३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ३ सय ७४ जना पुग्यो

काठमाडौं । आज शुक्रबार थप  १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप  १३३  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४४ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ९ सय  ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट  एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट वीरगन्ज महानगरपालिका- ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो। केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी उनलाई साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि  बिहीबार (हिजो) एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो । कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान  ७ बजे उनको मृत्यु बताईएको छ ।  

पुरा पढ्नुहॊस »

यी हुन् सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गएराति साढे …

पुरा पढ्नुहॊस »

पर्सामा चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना पुष्टि

काठमाडौं । पर्सामा ४ भारतीय र १ नेपाली थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितमा ३६ जना पर्साको रहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार अन्यमा ४ भारतीय थुनुवा हुन् भने बारा र सर्लाहीका १-१ जनामा कोरोना पुष्टि भएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ५६ लाख नाघ्यो, ६ लाख ३५ हजारको मृत्यु

काठमाडौं । विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । विहिबार एकैदिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगेको हो । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार ६६६ पुगेको छ । आज बिहानसम्म संक्रमणमुक्त हुनेको …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । हाल देशभरको मौसम बदली रहि अधिकांश स्थानमा वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू-भागमा नेपालबाट दक्षिण सरेको र पूर्वी भू-भागमा नेपाल नजिक रहेकोले वर्षा भइरहेको हो । अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको छ । दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए ९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज विहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमितमा  काठमाडौंका  ५जना , भक्तपुरका २ जना  र ललितपुरका २  जना छन् । योसँगै  उपत्यकामा  संक्रमितको   संख्या  ३९०   पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१   जना पुगेको छ भने  मृत्यु हुनेको संख्य ४३ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज विहीबार थप १४७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप १४७  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४३ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ८ सय ४०  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

वीरगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

काठमाडौं । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई शुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण …

पुरा पढ्नुहॊस »

डब्ल्यूएचओले भन्यो- ‘२०२१ अघि कोरोनाको भ्याक्सिन बन्ने आशा छैन’

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध निर्माण भएका खोपको सफल परीक्षणले विश्व समुदायमा एक प्रकारको आशा जगाईरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको शुरुवाती अघि आशा गर्न सकिँदैन ।’ डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भए पनि सुरक्षा मानकमा कुनै …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds