यी हुन् सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गएराति साढे ११ बजे नागार्जुन नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो ।

सीसीटीभी फुटेजमा देखिएको रेकर्डका आधारमा खोजी गर्दा दुवै जना पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनका अनुसार एसिड आक्रमण गर्ने भारतीय नागरिक मुन्ना रहेको र उनको बायाँ हातको केही भागमा एसिड परेर जलेको देखिएको छ ।

युवती किनमेलका लागि बाहिर निस्केका बेला एसिड प्रहार भएको थियो । युवतीले अर्कै केटालाई मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ ७:५५बजे नागार्जुन नगरपालिका ४ सृजनशील टोलमा एसिड आक्रमण भएको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds