Tag Archives: mainnews

धादिङमा पहिरो : एकै घरका तीनजनाको मृत्यु

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । धादिङका प्रवक्ता डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको डीएसपीखड्काले जानकारी दिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ …

पुरा पढ्नुहॊस »

सप्तकोसीमा पानीकाे बहाव याे वर्षकै उच्च, काेशी ब्यारेजका ४८ ढोका खोलिए

काठमाडौं । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ । बिहानको मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव वर्षकै उच्च हो । सप्तकोसीमा बाढी उर्लिएको र पानीको बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । कोसी ब्यारेज भएर भइरहेको पानीको …

पुरा पढ्नुहॊस »

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा अझै चार दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने भएको हो । विभागका अनुसार प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ । कहाँ-कहाँ छ जोखिम ? विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप १८६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार  ८ सय ४४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये११ हजार ८ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

सरकारको प्रसंशा गर्नका लागि मात्रै पत्रकारको जन्म भएको होइन : डा प्रकाश शरण महत [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन् । उनले देशको दुर-दराजमा बसेका निमुखा जनताको पीरकर्मालाई सरकार र नीति निर्माण तहमा बसेकाहरु समक्ष पुर्याउन सञ्चार माध्यमले उल्लेख भूमिका खेलेको भन्दै प्रसंशा गरे । ‘जनताका समस्या गुनासा र समाजमा भएको भ्रष्टाचारलाई सार्वजनिक गरिदिनुभएको छ त्यो …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  सोमबार   थप १२  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ४ जिल्लामा १२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  कास्कीमा ८  जना,  तनहुँमा   २ जना,स्याङ्जामा १ जना  र लमजुङमा १  जना गरी जम्मा १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

पुरा पढ्नुहॊस »

रोकिएन कोरोना कहर : एकैदिन १ लाख ६६ हजार संक्रमित थपिए, ४ हजार ४ सयको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (काभिड१९)को संक्रमण अझै घट्न सकेको छैन । शुक्रबार विश्वमा १ लाख ६६ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो संख्या अघिल्लो दिनको तुलनामा भने केही कम हो । एकैदिन १ लाख ६६ हजार ७३५ कोरोना संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ । डब्ल्युएचओका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड …

पुरा पढ्नुहॊस »

आज साउनको पहिलो सोमबारः संयोगले औंसी पनि, यस्तो छ महिमा

काठमाडौं । भगवान शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । साउन ५ गते (आज) पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ । यो सोमबार संयोगले औंसी पनि परेको छ । जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी …

पुरा पढ्नुहॊस »

उपत्यकासहित देशभर दर्के झरी, कहाँ-कहाँ छ बाढीको जोखिम ?

काठमाडौं । गएरातीदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्‍न स्थानमा भारी वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेकोले वर्षा भइरहेको हो । पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको छ । काठमाडौंका बिण्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतमा पानीको बहाव बढेकोले किनारका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा …

पुरा पढ्नुहॊस »

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६ सय ५८ जना

काठमाडौं । आज आइतबार थप  १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप  १५६  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये११ हजार ६ सय  ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds